ऋषि धमलाको चुनावी कार्यक्रम : देउवाको गृहजिल्लामा युवाबीच कु’टाकु’ट

ऋषि धमलाको चुनावी कार्यक्रम : देउवाको गृहजिल्लामा युवाबीच कु’टाकु’ट

ऋषि धमलाको चुनावी कार्यक्रम : देउवाको गृहजिल्लामा युवाबीच कु’टाकु’ट

ऋषि धमलाले चलाउँदै आएको चुनावी टेलिभिजन कार्यक्रममा सहभागी युवाबीच हात हालाहाल भएको छ। डडेल्धुरा सदरमुकाममा बिहीबार भएको चुनावी टेलिभिजन कार्यक्रम खिच्ने क्रममा युवाहरुबीच माइक खोसाखोस र हात हालाहाल भएको हो।

ऋषिको उक्त कार्यक्रममा स्वतन्त्र उम्मेदवार सागर ढकालसहित दलका ठूला उम्मेदवार पनि सहभागी भएका थिए। त्यसक्रममा उम्मेदवारलाई प्रश्न सोधिरहँदा सबैको पालो नआएको भन्दै युवाहरुले होहल्ला गरेका थिए। होहल्ला बढ्दै गएपछि केही युवाले माइक फालिदिए।

माइक फालिएपछि विवाद बढ्दै जाँदा धकेलाधकेलको अवस्था हात हालाहालसम्म पुगेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो। र्शकदीर्घामा जम्मा भएका एक युवकले सागर ढकाललाई प्रश्न गर्ने क्रममा

अर्का युवकले धकेलिदिएपछि कुटाकुटको अवस्था आएको हो। उक्त तनावपूर्ण अवस्थालाई रोक्न ऋषि धमलाले पटक पटक आग्रह गरेका थिए। उम्मेदवारहरुले पनि शान्त भएर प्रश्न गर्न आग्रह गरेका थिए।

तर युवाहरु एकआपसमा भिडिरहे। नेपालखबर

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *