३० हजार बढी मत ल्याएर रवी लामिछाने विजयी

३० हजार बढी मत ल्याएर रवी लामिछाने विजयी

३० हजार बढी मत ल्याएर रवी लामिछाने विजयी
काठमाडौं : चितवन क्षेत्रनम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्।

आज बिहान सकिएको मतगणनामा रविले ४४ हजार ९ सय ३४ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ४ सय ६ मत प्राप्त गरे।

नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ५५ मत प्राप्त गरको चितवन २ का मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

अहिले मतगणना सकेर तथ्यांक संकलनको कार्य भइरहेको र केहीबेरमा औपचारिक घोषणा गरिने उनले बताए।

पर्सामा एमालेका लागि राजकुमार गुप्ता नै ‘फस्ट एण्ड लास्ट’ विजयी

पर्सा ३ मा साह्रै पेचिलो बनेको प्रतिनिधि सभा सदस्यतर्फको चुनावमा अन्ततः नेकपा एमालेका राजकुमार गुप्ता विजयी हुनुभएको छ। उहाँ नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीभन्दा १ सय ५१ मत अन्तरले विजयी हुनुभएको हो ।

गणना गर्न थालेदेखि नै एक/डेढ सयको मात्र अन्तरमा कहिले चौधरी अगाडि त कहिले गुप्ता अगाडि हुँदै अन्ततः गुप्ता नै विजयी हुनुभएको हो।

गुप्ता र चौधरीले २०/२० हजार मत कटाएपछि कहिले को पछाडि त कहिले को अगाडि हुँदै अन्तिममा गुप्ताले २४ हजार २ सय ६० मत ल्याएर जित्नुभएकाे हाे । कांग्रेसका चौधरीले २४ हजार १ सय ९ मत ल्याउनु भयाे । एमाले र जसपाका साझा उम्मेदवार गुप्ता दोस्रो पटक सांसद बन्नु भएको हो । उहाँ २०६४ को चुनावमा निर्वाचित भइ संविधान सभा सदस्य पनि हुनुभएको थियो।

एमालेले पालिका चुनावमा ५ ठाउँमा जितेकाे थियाे । तर प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा यसपालि पर्सामा एमालेबाट विजयी हुनेमा गुप्ता ‘फस्ट एण्ड लास्ट’ हुनुभएकाे छ । प्रतिनिधि सभा र प्रदेश सभामा गरी जम्मा १२ सिट रहेकाे पर्सामा एक सिट एमालेले जितेकाे छ । बाँकी ११ सिट अन्य राजनीतिक दलले जितेका छन् ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *