लाहुरे बन्न घर बाट निस्कीएका छोरा यस्तो भएर घर फर्कीए,२० बर्षको युवाको रुवाउने कथा (भिडियो सहित)

लाहुरे बन्न घर बाट निस्कीएका छोरा यस्तो भएर घर फर्कीए,२० बर्षको युवाको रुवाउने कथा (भिडियो सहित)
यो कथा बागलुङको बडिगाड गाउँपालिका वडा नं ७ को हो । मध्य परिवारमा जन्मिएका सानै देखि ठुलो भए पछि आर्मि बन्छु आर्मि बनेर घरको अवस्था सुधार्छु भनेर सपना देखेका थिए ।
अनि सङ्ग उनको परिवारको पनि ठुलो सपना जोडिएको थियो पछि बुढेसकालमा हाम्रो साहारा बन्ला भन्ने तर यो सपना सपना मा मै सक्कियो । अहिले केही गर्नै नसक्ने अवस्थामा पुगेका छन ।
सानै उमेर देखि नै आर्मि बन्ने सपना देखेका छोरा आर्मि बनेर घर फर्किन्छु भन्दै घर बाट निस्किएका थिए तर खोइ कस्को दैब लाग्यो कि के भयो उनि घर त फर्किए तर फेरि कहिल्यै आर्मि बन्न नसक्ने गरी फर्किए ।
छोरा त्यस्तो अबस्थामा फर्केको देख्दा आमा बुबा लाइ कस्तो भए होला । अहिले घरको अवस्था निकै नाजुक छ कतै बाट केहि सहयोग मिल्छ कि भन्दै आश गर्नु बाहेक आर्को उपाय केहि छैन ।
न त आमा ले काम गर्न सक्नुहुन्छ न त बाबा ले केहि गर्छ कि भन्ने छोरा नै त्यस्तो अबस्थामा छ । उनलाई परिवारले उपचार गर्न नलगेका पनि होईन्न बुटबलसम्म उपचारका लागि पुर्याए तर डाक्टरले भारत उपचारका लागि जानुपर्छ भनेपछि अहिले परिवारको बिचल्ली भएको छ ।
बिहान बेलुका के खाने भन्ने पिरलो रहेको यो परिवारलाई छोराको उपचारका लागि लाग्ने थुप्रो पैसा कहाँबाट जुटाउने पिरलो छ । नत उपचार गर्न लान सकेका छन् न त छोराको त्यो अवस्थालाई टुलुटुलु हेर्न नै । उनीहरुको अवस्था देखेर बाँकेको खजुरा गाउँपालिका
डिगाउँ घर भई हाल सयुंक्त राज्य अमेरीकामा रहनुभएका समाजसेवी लिल बहादुर थापाले नगद रु पन्ध्र हजार रुपैयाँ सहयोग गर्नुभएको छ । अझै पनि धेरै यस्ता मनकारी व्यक्तिहरुको खाँचो भाईको उपचारका लागि छ । पुरा जानकारीको लागि जिटिभि नेपालले तैयार पारेको भिडियो हेरेर थाहा पाउनुहोस।