रविको पार्टीलाई सानदार भोट, समानुपातिकमा एमाले-कांग्रेसलाई समेत पछार्यो !

रविको पार्टीलाई सानदार भोट, समानुपातिकमा एमाले-कांग्रेसलाई समेत पछार्यो !

रविको पार्टीलाई सानदार भोट, समानुपातिकमा एमाले-कांग्रेसलाई समेत पछार्यो !
काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नंं ७ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत प्राप्त गरेको छ । सो क्षेत्रमा रवि लामिछाने नेतृत्वको रास्वपाले नेकपा एमाले र नेपाली कांग्रेस भन्दा पनि बढी मत प्राप्त गरेको छ ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको गए राति सम्पन्न समानुपातिकको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार चार सय ३४ मत प्राप्त गरेको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् ।

यस्तै, दोस्रो समानुपातिक मत नेकपा (एमाले)ले चार हजार चार सय ६६, तेस्रो समानुपातिक मत नेपाली कांग्रेसले तीन हजार सात सय १०, चौथो समानुपातिक मत राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार ९६४ र पाँचौ समानुपातिक मत नेकपा (माओवादी केन्द्र)ले एक हजार एक सय ५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

काठमाडौँको ठमेलदेखि नुवाकोटको ककनीसम्म फैलिएको उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो । ६१ हजार दुई सय ९२ मतदाता रहेको सो क्षेत्रमा समानुपातिकतर्फ कूल २६ हजार चार सय १७ मत खसेकोमा २५ हजार दुई सय १९ मत सदर र एक हजार एक सय ९८ मत बदर भएको थियो ।यस्तै, सो क्षेत्रको प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले आठ हजार सात सय ४३ मत ल्याई विजयी भएका थिए ।

गोकुल बाँस्कोटा अग्रता बढाउँदै, अहिलेसम्म कति पाए मत?

काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले मत बढाउँदै लगेका छन्। पछिल्लो मतपरिणाम अनुसार बाँस्कोटाले २१ हजार ८१९ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले २० हजार ८४८ मत ल्याएका छन्। बाँस्कोटा ९७१ मतले अघि छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ६ हजार २ सय ६२ मतसहित तेस्रो स्थानमा छन्।

काभ्रे-२ मा सुरूआतदेखि नै कांग्रेसका हुमागाईं र एमालेका बाँस्कोटाबीच कडा प्रतिस्पर्धा देखिएको छ। अघिल्लो निर्वाचनमा भने यो क्षेत्रबाट बाँस्कोटा निर्वाचित भएका थिए।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *