मंसिर लागे लगत्तै आज ह्वात्तै घट्यो सुनको मुल्य

मंसिर लागे लगत्तै आज ह्वात्तै घट्यो सुनको मुल्य

मंसिर लागे लगत्तै आज ह्वात्तै घट्यो सुनको मुल्य
नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।
बिहिबार प्रति तोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको हासङ्घले जनाएको छ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

यो पनि- विदेशी मुद्राको आजको विनिमय दर-नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार एक अमेरिकी डलरको खरिदर १२९ रुपैयाँ ७८ पैसा छ भने बिक्रीदर १३० रुपैयाँ ३८ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ २८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९१ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ०३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४४ पैसा कायम भएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५२ पैसा र यस्तै सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ९० पैसा र बिक्रीदर ९५ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९ रुपैयाँ ३६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैइाँ ६५ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २८ रुपैयाँ ६९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *