प्रचण्डविरुद्ध उठेका अब्दुसको टोलीमाथि गोरखामा आक्रमण

प्रचण्डविरुद्ध उठेका अब्दुसको टोलीमाथि गोरखामा आक्रमण

प्रचण्डविरुद्ध उठेका अब्दुसको टोलीमाथि गोरखामा आक्रमण

कात्तिक २८ , काठमाडौँ

नेकपा एमालेका तर्फबाट गोरखा क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा उम्मेदवार बनेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ।

आइतबार राति रिसोर्टमा खाना खाँदै गरेको टीमलाई एक समूहले आक्रमण गरेको अब्दुसले बताएका छन्। आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको तस्बिर अब्दुसले सार्वजनिक गरेका छन्।

आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौं लगिएको छ ।

अब्दुसको चुनावी प्रचारप्रसार सचिवालयका अश्विन दानीका अनुसार दुई दिनअघि एक अपरिचित नम्बरबाट फोन गरेर आफू वाईसीएलको सदस्य भएको भन्दै ज्यान जोगाउन धम्की दिएका थिए । रातिको घटनापछि अहिले सो क्षेत्र सम्भावित भिडन्तले तनावपूर्ण बनेको छ ।

‘गोरखामा हाम्रो टीममाथि खाना खाँदै गरेको अवस्थामा आक्रमण भएको छ,’ मियाँले भनेका छन्, ‘प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बाँकी ३ जना फरार भएका छन्।’

गोरखा–२ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रतिनिधिसभा उम्मेदवार छन्।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *