डडेल्धुरामा स्वतन्त्र उम्मेदवार सागर ढकालको अग्रता, शेरबहादुर देउवा धेरैले पछि !

डडेल्धुरामा स्वतन्त्र उम्मेदवार सागर ढकालको अग्रता, शेरबहादुर देउवा धेरैले पछि !
काठमाडौं । डडेल्धुरामा स्वतन्त्र उम्मेदवार सागर ढकालले अग्रता लिउका छन् । पा्रप्त पछिले मत परिणम अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा पछि परेका छन् । सागर ढकालले ३२ मत पाएका छन् । शेरबहादुर देउवाले ४ मत पाएका छन् ।
त्यस्तै रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ । दिउँसो सुरु भएको मतगणनाबाट प्रतिनिधिसभा सदस्यतर्फ २५४८ मत गणना हुँदा लोसपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले ९९४ मत ल्याएका छन् ।
यसैगरी, प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका उम्मेदवार प्रमोदकुमार यादवले ७२३ मत, जनमत पार्टीका उम्मेदवार भोपेन्द्रप्रसाद यादव ४९३, जसपाका उम्मेदवार ओमप्रकाश यादव ३१ मत ल्याएका निर्वाचन कार्यालयले जनाएको छ ।
क्षेत्र नं। ४ ुकुमा प्रदेशसभा सदस्य पदका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार कन्हैया बनियाँ ११०९, कांग्रेसका उम्मेदवार अष्टभुजा पाठक ४८७, जनमत पार्टीका उम्मेदवार जितेन्द्रनाथ शुक्ल ४९५ मत ल्याएका निर्वाचन कार्यालयले जनाएको छ ।
क्षेत्र नं। ४ ुखुमा प्रदेशसभा सदस्य पदका कांग्रेसका उम्मेदवार बसीउद्दीन खाले ८३३, जनमत पार्टीका उम्मेदवार अर्जुन सिंह ४८८, लोसपाका उम्मेदवार मोहनलाल यादवले ४५० मत ल्याएका छन् ।