चुनाव हारेपछि रवि माथि किन खनिए खरेल ?लगाए यस्तो आरोप

चुनाव हारेपछि रवि माथि किन खनिए खरेल ?लगाए यस्तो आरोप

चुनाव हारेपछि रवि माथि किन खनिए खरेल ?लगाए यस्तो आरोप

काठमाडौं । काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट पराजित नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेमाथि खनिएका छन् । उनले रविककै कारण यो क्षेत्रमा पुरानै उम्मेदवारले जितेको आरोप लगाएका हुन् ।

काठमाडौं–१ को चुनावी नतिजाले फेरि एकपटक कांग्रेसका हस्ती प्रकाशमान सिंहलाई सदर गरिदिएको छ । नयाँ अनुहारको खोजी गरिरहेकाहरू निराश बनेका छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्षमात्र १२५ मतले पछि पारेर प्रकाशमानले चौथो जित निश्चित गरेका हुन् । चुनावी प्रतिस्पर्धामा अन्य दुई उम्मेदवारलाई पनि उल्लेख्य मत आएको छ । उनीहरू हुन्, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र सुशासन पार्टीका रमेश खरेल । उनीहरू दुवैले ७ हजारभन्दा बढी मत ल्याएका छन् ।

मतपरिणामपछि धेरैको टिप्पणी छ, परिवर्तनको नारा दिनेहरू आपसमा मिल्न नसक्दा परम्परागत शक्तिले फाइदा उठाए । हामीले सुशासन पार्टीका खरेललाई सोध्यौं, ‘यस्तो हुनसक्छ भन्ने जान्दा जान्दै किन आपसमा मिल्न सक्नुभएन ?’

खरेलले यसमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई दोष देखाए । आफूले ३ महिना अगाडि नै सो पार्टीसँग सहकार्यका लागि प्रयास र समझदारी गरेको उनको भनाइ छ । खरेलले भने, ‘मैले तीन महिना अगाडि एकै ठाउँमा उभिने भनेर प्रयास गरेको हुँ । उहाँहरूसँगको जेन्टलमेन्ट एग्रिमेन्ट ब्रेक भएको छ ।’

खरेलको भनाइअनुसार दुवै पार्टीले काठमाडौंमा एउटै प्लेटफर्मबाट एकैपटक ४५ जना उम्मेदवार घोषणा गर्ने भद्र सहमति रवि लामिछानेसँग भएको थियो । दुवैले एक(अर्को पार्टीसँग नजुधाउने गरी आआफ्ना उम्मेदवार उठाउने मौखिक समझदारी तोडिएको उनले गुनासो गरे ।

‘घण्टीको ठाएँमा मैले सपोर्ट गर्ने र हामी उठेको ठाउँमा घण्टीको उम्मेदवार नउठाउने जेन्टलमेन्ट अग्रिमेन्ट भएको थियो । रविजी र विराजभक्त श्रेष्ठसँग मैले कुरा गरेको हुँ । तर, त्यो सहमति ब्रेक भयो । राजनीतिक इमान्दारिताको पालना भएन,’ खरेलले भने ।

आफ्नो तर्फबाट पनि केही कमजोरी रहेको तर, जेन्टलमेन्ट एग्रिमेन्ट नतोडिएको भए परिस्थिति अर्को बन्न सक्ने खरेलको भनाइ छ ।

राप्रपाका मिश्रसँग भने कुनै छलफल नभएको उनले बताए । परम्परागत पार्टीमा प्रवेश गरेकाले मिश्रसँग सहमति प्रयास नगरेको उनको भनाइ छ ।

‘हामी परिवर्तन पक्षधरहरू हौं । उहाँ विवेकशील छाडेर राप्रपामा गइसकेपछि मिल्नसक्ने आधार नै भएन,’ खरेलले भने । आफूले पाएको मतलाई लिएर खरेल सन्तुष्ट नै छन् ।

उनले भने, ‘म धन्यवाद दिन्छु मेरा मतदाताहरूलाई । असाध्यै आभारी छु । मलाई ३१ सयजना भन्दा बढीले पत्याइदिनुभयो । भर्खरै स्टार्ट भएको पार्टीका लागि यो पनि ठूलो कुरा हो । म सुशासनको एजेण्डा लिएर सधैँ अगाडि बढ्नेवाला छु ।’

उनले अब परिवर्तन पक्षधर सबैले छातीमा हात राखेर इमान्दारिपूर्वक नयाँ शिराबाट अघि बढ्नुपर्नेमा जोड दिए । यसो नगरी यथाथस्थितिवादी पार्टीहरूलाई विस्थापित गर्न नसकिने उनको तर्क छ ।
‘जस्तो कन्डिसनमा पनि म तयार छु । अब आ(आफ्नो ढ्याङ्ग्रो बजाएर हुँदैन,’ खरेलले भने ।

अब चुनावको मतगणना सकिनेवित्तिकै छलफलमा जुट्न उनको प्रस्ताव छ । आफू सम्पूर्ण त्याग गर्न तयार रहेको र कुनै पदका लागि दाबी नगर्ने उनले बताए ।

‘मलाई केही चाहिँदैन । तर, नयाँ शिराबाट जानुपर्छ । सबैको विचारलाई ‘मेल्टिङ पट’ मा राखेर पगालौं । अनि त्यसबाट सही विचारको संस्लेषण गरेर अगाडि लैजाऔं । त्यसरी जानसके सम्भव छ । नत्र कांग्रेस, कम्युनिष्ट, राप्रपाजस्ता परम्परागत शक्तिहरूले नै हालीमुहाली गरिरहन्छन्,’ खरेलले भने ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतसँग खुशी छन् खरेल । तर, यो तात्कालीक वितृष्णाको मत मात्र हुन सक्ने उनको बुझाइ छ । परिवर्तन आकांक्षी यो जनमतलाई संस्थागत गर्नुपर्नेमा उनले जोड दिए ।

‘रविजी पपुलर हुनुहुन्थ्यो आफ्नो ठाउँमा छ । तर, यो वितृष्णाको मत हो । यसलाई रिटेन गर्न गाह्रो छ । त्यसैले उहाँहरुले पनि त्याग गर्नुपर्छ, अरुले पनि त्याग गर्नुपर्छ,’ खरेलले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँग आफ्नो एकता र सहकार्य अझै पनि सम्भव रहेको र यसमा आफू खुल्ला रहेको पनि खरेलले बताए ।

‘हामी सबै यो देशलाई माया गर्नेहरू एक ठाउँमा आउनैपर्छ । सबैजना आँखा चिम्लेर सोच्नुपर्छ । सबैले त्याग गर्न तयार हुनुपर्छ । म आफ्नो ठाउँबाट त्याग गर्न तयार छु,’ उनले भने ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *