गुल्मी–२ बाट गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित

गुल्मी–२ बाट गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित

गुल्मी–२ बाट गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित
काठमाडौं : गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन्। विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन्।

यी हुन् प्रतिनिधिसभामा विजयी सांसद (सूचीसहित)

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको नतिजा आउने क्रम जारी छ। बुधबार बिहानसम्म २३ जनाले प्रत्यक्षमा निर्वाचन जितेका छन्। पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो स्थानमा पछ्याइरहेको छ। समानुपातिलकमा पहिलो दल बनिरहेको एमाले प्रत्यक्षमा पछि परेको हो।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा देखिएको छ। कैलालीबाट नागरिक उन्मुक्ति पार्टीले खाता खोलेको छ।

नेकपा एकीकृत समाजवादी एक स्थानमा विजयी भएको छ। माओवादी केन्द्र, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीहरु निकै पछि रहेका छन्।

नेपाली कांग्रेस

१. मुस्ताङ– योगेश शेरचन

२. मनाङ– टेकबहादुर गुरुङ

३. काठमाडौं १ – प्रकाशमान सिंह

४. काठमाडौं ३ – सन्तोष चालिसे

५. काठमाडौं ४– गगनकुमार थापा

६. काठमाडौं ५ – प्रदीप पौडेल–

७. रसुवा– मोहन आचार्य–

८. ललितपुर १– उदयसमशेर जबरा

९. तनहुँ २ – शंकर भण्डारी

१०. डडेलधुरा– शेरबहादुर देउवा

​११ं. काठमाडौं–१० राजेन्द्र केसी

१२. पर्सा–४ रमेश रिजाल

१३. सुर्खेत-२ ह्दयराम थानी

नेकपा एमाले

१.उदयपुर २ – अम्बरबहादुर रायमाझी

२.काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ

३.ललितपुर २– प्रेमबहादुर रायमाझी

४‍ गोकर्ण विष्ट

राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौं ७ – गणेश पराजुली

२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ

३. काठमाडौं २– सोविता गौतम

नेकपा एकीकृत समाजवादी

१. अछाम १ –शेरबहादुर कुँवर

राष्ट्रिय प्रजातन्त्र पार्टी

१. बाँके २ – धवलसमशेर जबरा

नागरिक उन्मुक्ति पार्टी

१. कैलाली १– गंगाराम चौधरी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *